८ चैत्र २०८२, आइतबार । March 22, 2026

तिलोत्तमामा सरसफाइ प्रतिबद्धताका लागि मानव साङ्लो


३० फाल्गुन २०७९, मंगलबार  

15
Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियानको एक सयौँ शृङ्खलाका अवसरमा आज मानव साङ्लो निकालिएको छ ।

सप्ताहव्यापी कार्यक्रमअनुसार नगरपालिकाभित्र पर्ने सिद्धार्थ राजमार्गमा मानव साङ्लो निकालिएको हो । अयिभानमा सबै नागरवासीको साथ, समर्थन रहेको सन्देश दिई प्रतिबद्धता जनाउने उद्देश्यले मानव साङ्लो आयोजना गरिएको नगरप्रमुख रामकृष्ण खाणले बताए । नगरपालिकाको योगिकुटीदेखि कोटिहवाको १३ किलोमिटर राजमार्ग खण्डका विभिन्न चोकमा जम्मा भएका सहभागीहरुले एकापसमा हात जोडेर सरसफाइ अभियानमा आफ्नो प्रतिबद्धता जनाएका थिए ।

मानव साङ्लोमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक, विद्यार्थी, कर्मचारी, विभिन्न सङ्घसंस्था, क्लब, आमा समूह, खानेपानी, वन, टोल विकास संस्थाहरुले सहभागिता जनाएको अभियान संयोजक सुरेन्द्र श्रीले जानकारी दिए । सरसफाइ तिलोत्तमाको पहिचान र सभ्याता हो भन्ने कुरामा सबै नगरवासीको प्रतिबद्धता र एकताको सन्देश दिन मानव साङ्लो निकालिएको नगरपालिकाले जनाएको छ । सहभागीहरुले विभिन्न प्लेकार्ड प्रदर्शन गर्दै आफ्नो फोहोर आफैँ व्यवस्थापन गर्ने, जथाभावी फोहोर नगर्ने, नगरपालिकाले चलाएका अभियानमा यथेष्ट सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएका थिए ।

नगरपालिकाले आज नै मणिग्राम चोकमा निर्माण गरिएको सरसफाइ स्मारक उद्घाटनसमेत गरिएको छ । अभियान सयौँं शृङ्खलामा प्रवेश गरेको स्मरणमा मणिग्राममा सरसफाइ स्मारक निर्माण गरिएको हो । स्मारकमा पुरुष र महिलाले सरसफाइ गरेको प्रतिमा राखेर अभियानमा सबैको सहभागिताको सन्देश प्रवाह गरिएको छ ।

स्मारकको नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वरी चौधरीले संयुक्त रुपमा उद्घाटन गरे । त्यस क्रममा नगरप्रमुख खाणले सरसफाइलाई तिलोत्तमावासीको संस्कार र संस्कृतिसँग जोडेर दिगो बनाउने अभियानमा नगरपालिका रहेको बताए । तिलोत्तमाले बनाएको स्वच्छ र सफा नगरको पहिचानले यहाँ बसाइँसराइको दरसमेत तीव्र रुपमा बढेको नगरप्रमुख खाणको भनाइ छ ।

तिलोत्तमामा २०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु आएसँगै नियमित सरसफाइ अभियान सुरु भएको हो । चैत १ गते एक सयौँ शृङ्खलामा पुग्ने अभियानअन्तर्गत हरेक महिनाको १ र १५ गते नगरप्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगरस्तरीय सरसफाइ अभियान सञ्चालन हुँदै आएको छ । वडा कार्यालय र टोल विकास संस्थाहरु समेतले नियमित सरसफाइ अभियान चलाउँदै आएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ४ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो