१३ जेष्ठ २०८३, बुधबार । May 27, 2026

सामूहिक बलात्कार गरेको आरोपमा दाङमा २ जना पक्राउ


२९ फाल्गुन २०७९, सोमबार  

6
Shares

दाङ । दाङमा एक महिलालाई सामूहिक बलात्कार गरेको अरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१७ का ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीका अनुसार घोराही उपमहानगरपालिका–१७ स्थित बेलभारमा राति बास मागेर आगनमा श्रीमान् श्रीमती सुतेको अवस्थामा श्रीमानलाई कुटपिट गरी दुई जनाले महिलालाई बलात्कार गरेका थिए । घटना शुक्रबार राति साढे १ बजे भएको हो ।

प्रहरीका अनुसार पीडित महिला तीन महिनाअघि श्रीमानको खुट्टाको उपचार गराउन भन्दै दाङ आएकी थिइन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउँदा पैसा सकिएपछि श्रीमान् श्रीमती मागेर जीवन चलाइरहेका थिए । पीडितले घटनाबारे फागुन २७ गते दिएको जाहेरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।

आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ९ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली