८ चैत्र २०८२, आइतबार । March 22, 2026

डुबानबाट जोगाउन नाला सफाईमा जुट्यो नेपालगन्ज


२८ फाल्गुन २०७९, आइतबार  

6
Shares

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले डुबानको समस्यालाई ध्यान दिएर साना–ठूला सबै नाला सफाइ गर्न थालेको छ ।

पहिलो चरणमा बजार क्षेत्र भएर बग्ने ठूला नाला र दोन्द्रा नालाको अन्तिम विन्दु (आउटलेट) बाट सफाइको काम थालिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका इञ्जीनियर निवेशकुमार शर्माले अन्तिम विन्दुबाट काम सुरु गरेपछि जहाँ–जहाँ अवरोध छ, त्यसमा राम्रोसँग काम गर्न सकिन्छ भन्ने उद्देश्यले आउटलेटबाट काम सुरु गरिएको बताए । ‘बजार क्षेत्रभित्रको मुख्य नाला र दोन्द्रा नाला मिसिएर बनेको दोधारा नालाको अन्तिम विन्दुबाट काम थालेका छौँ, जेसिबीले सफाइ गर्न सक्ने ठाउँमा जेसिबी र जेसिबीले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाइ गरिने छ’, उनले भने ।

भेरी प्राविधिक शिक्षालय भएर बग्ने नालाको अन्तिम विन्दुमा भइरहेको सफाइको नगरप्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृृत शिवप्रसाद रिजाल र इञ्जीनियर शर्मा जानकारी समेत लिएका थिए । नगरप्रमुख विष्टले नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य समस्याको रूपमा रहेको डुबान समस्या समाधानका लागि मुख्य नालाको आउटलेट सफा गर्नुपर्ने आवश्यकता महसुस भएपछि काम सुरु गरिएको बताए । सहरको करिब ७० प्रतिशत पानी बग्ने मुख्य नाला सफाइ मुख्य प्राथमिकतामा राखेका छौँ, यहाँबाट (अन्तिम विन्दु) भेरी प्राविधिक शिक्षालयसम्म र बजार क्षेत्रमा कर्णाली विकास बैंक छेउँसम्म राम्रोसँग सफा गर्न सकियो भने पानीको सहज निकास हुन्छ’, विष्ट भन्छन् ।

उनले उपमहानगरपालिकाभित्र डे«नेजको पर्याप्त नेटवर्क भए पनि सहजरूपमा पानीको निकास नहुँदा समस्या निम्तिने गरेको बताए । नालाको आधाभन्दा बढी भाग माटोले पुरिएको अवस्थामा पाइएको जानकारी दिँदै उनले कतिपय ठाउँमा जेसिवी प्रयोग गर्न सकिने अवस्था नरहेकाले कतिपय ठाउँमा मान्छे नै लगाएर सफाइ गरिरहेको बताए । विगतमा बजारको वरिपरिमात्रै सफाइ गर्ने काम हुँदा समस्या समाधान नभएकाले यसपटक अन्तिम विन्दुबाट आमरूपमा सफाइ थालेको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरले बर्सेनि नाला सफाइ गर्दै आएको छ । पहिलो चरणमा ठूला नाला र दोस्रो चरणमा साना नाला सफाइ गरिँदा नेपालगञ्ज डुबान हुनबाट जोगिने नगरप्रमुख विष्टको विश्वास छ । एक महिनामा सफाइ सक्ने गरी काम अघि बढाइएको बताइएको छ ।

सरसफाइका क्रममा कर्णाली विकास बैंक क्षेत्र वरपरको नाला र भेरी प्राविधिक शिक्षालय तलतिरको नाला स्थलगत हेर्दा धेरै ठाउँमा माटोले पुरिएको, झाडी नै देखिएको र कतिपय ठाउँमा बयरका घारीसमेत उम्रिएको पाइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  १२ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो