२६ बैशाख २०८२, शुक्रबार । May 9, 2025

आगोमा जलेर गुल्मीमा एकको मृत्यु



गुल्मी । आगोमा जलेर गुल्मीका ८३ वर्षीया महिलाको मृत्यु भएको छ ।

गुल्मीको इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए । आइतबार उखु पेलेर निस्किएको खोयाँको आगो तापेर बसिरहनुभएकी खत्रीको साडीबाट शरीरमा आगो फैलिएको छिमेकी जङ्ग खत्रीले जानकारी दिए । घाइते खत्रीलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको इस्मा–१ हस्तीचौरका वडाध्यक्ष शेरबहादुर खत्रीले जानकारी दिए ।

पाल्पा अस्पतालले औपचारिक मृत्युको घोषणा गरेपछि मृतक खत्रीको रिडीमा अन्त्येष्टिको तयारी गरिएको वडाध्यक्ष खत्रीले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ५ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप

पाल्पामा टिपर दुर्घटना, चालकको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा ड्यामसाइड नजिकै बिहीबार साँझ

यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पश्चिमी वायुको प्रभाव बढ्दोः आज कुन-कुन ठाउँमा छ बर्षाको सम्भावना ?

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुले प्रभाव

भारत–पाकिस्तान तनावः २४ विमानस्थल बन्द, सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

काठमाडौं । भारतले हालै सञ्चालनमा ल्याएको ‘अपरेशन सिन्दूर’ पश्चात् भारत–पाकिस्तानबीचको