२७ चैत्र २०८१, बिहिबार । April 11, 2025

टर्की भुकम्प अपडेट

हालसम्म १५ हजारको मृत्यु, हिउँ परिरहेकाले उद्धारमा समस्या



एजेन्सी । टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ ।

गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी टर्कीमा करिब १३ हजार जना र करिब दुई हजार जनाको सिरियामा मृत्यु भएको छ । उद्धार र राहत वितरणको काम जारी भए पनि ढिलासुस्ती भएको भन्दै टर्कीको विपक्षी पार्टीले सरकारको आलोचना गरेको छ । तर राष्ट्रपति रेचेप तैयप एर्दोआनले यो समय आलोचना नभइ एकताको भएको भन्दै सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।

भूकम्पले थुप्रै भौतिक संरचना ध्वस्त भएको र सडक सन्जालमा पनि क्षति पुगेकाले राहत तथा उद्धारमा कठिनाइ भइरहेको छ । यसबाट सिरिया अझै बढी प्रभावित भएको छ । टर्की र सिरियाबीचको सिमाना खुलाएर सिरियासम्म राहत पुर्याउन प्रयास भइरहेको टर्कीका विदेशमन्त्रीले बताएका छन् ।

युरोपेली संघले सिरिया सरकारको अनुरोधमा ३५ लाख युरो बराबरको राहत पठाउने घोषणा गरेको छ । सिरियाका राष्ट्रपति बसर अल असदलाई युरोपेली संघले नस्वीकारे पनि विपदको बेला सहयोग भने पठाइएको छ ।

आफूले गरेको सहयोग सरकार र विद्रोही नियन्त्रित सबै क्षेत्रहरुमा पुग्नुपर्ने युरोपेली संघले भनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  १० : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आफ्नै सुरक्षाको लागि आत्मसमर्पण: प्रसाईँ सचिवालय

काठमाडौं । सामाजिक तथा राजनीतिक क्षेत्रका चर्चित व्यक्तित्व दुर्गा प्रसाईले

एलओडी क्लब विश्वकै ४४ औं स्थानमा उक्ल्यो

काठमाडौं । ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्‍वकै

‘एडुक्लेभ ३.०’: नेपालको शिक्षा क्षेत्रको सम्भावना र चुनौतीमाथि गहिरो मन्थन

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको

चाइना साउदर्नले काठमाडौं–ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सुरु

काठमाडौं । चाइना साउदर्न एयरलाइन्सले नेपाल–चीन हवाई सेवा विस्तार गर्ने

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बरालले दिएको राजीनामा