१२ बैशाख २०८२, शुक्रबार । April 25, 2025

टर्की भुकम्प अपडेट

मृत्यु हुनेको संख्या ८ हजार ७ सय, ३५ हजार बढी घाइते



एजेन्सी । टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ७ सय पुगेको छ ।

त्यस्तै घाइते हुनेको संख्या झन्डै ३५ हजार नाघेको छ । टर्कीमा भूकम्पका कारण करिब ६ हजार भौतिक संरचना ध्वस्त भएका छन् भने सिरियामा ४ सय घर पूर्ण रूपमा ढलेका छन् । साथै १ हजार २ सय २० भन्दा बढी भवनमा क्षति पुगेको छ । यस्तै, टर्कीमा तीन महिनाको लागि आपत्काल लागू गरिएको छ ।

यहाँ सबै स्कुल १३ फेब्रुअरीसम्म बन्द गरिएको छ । सबै सरकारी भवनलाई सेल्टर होम बनाइएको छ । टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले हालसम्म ७० देश र १४ अन्तर्राष्ट्रिय संगठन मद्दतका लागि अग्रसर भएका छन् । टर्कीमा १० हजार कन्टेनरलाई सेल्टर होम बनाउने तयारी गरिएको छ ।

भुकम्पमा परि ज्यान गुमाउने र घाइतेहरुको उद्धार कार्य चलिरहेको छ । जसकारण मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ । यद्यपी टर्कीमा लगातार हिउँ परिरहेको र खराब मौसमका कारण उद्धार कार्यमा निकै चुनौति देखिएको छ । उद्धार कार्यका नाटकिय फुटेजहरु बाहिर आइरहेका छन् ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनचाँदीको मूल्यमा गिरावट, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट

हुन त मोटरसाइकल नै दोषी? लुम्बिनीमा चकित पार्ने दुर्घटनाको तथ्यांक!

लुम्बिनी । लुम्बिनी प्रदेशमा पछिल्लो एक महिनाको अवधिमा ४०२ वटा

२०७२ को त्रास अझै ताजा, रुकुमपूर्वमा फेरि भूकम्पको झट्का

काठमाडौं। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ

शिक्षक आन्दोलनमा सर्वोच्चको आदेशः ३ दिनभित्र समस्या समाधान गरी विद्यालय फर्काउनू

काठमाडौं । गत चैत २० गतेदेखि काठमाडौंमा जारी शिक्षक आन्दोलनको

आजको मौसमः गर्मी अत्याधिक बढ्ने, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालमा हाल स्थानीय वायुले आंशिक प्रभाव पारिरहेको छ,