७ बैशाख २०८३, सोमबार । April 20, 2026

पाल्पा उद्योग वाणिज्य सङ्घमा भट्टराई


१३ मंसिर २०७९, मंगलबार  

6
Shares

पाल्पा । पाल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शैलेन्द्र भट्टराई निर्वाचित भएका छन् ।

सोमबार तानसेनमा भएको मतदानमा उनले छ सय ४१ मत हासिल गरेका थिए । सङ्घमा कुल एक हजार एक सय ३५ मतादाता रहेका थिए । सङ्घको उद्योग उपाध्यक्षमा उत्तमकुमार बज्राचार्य एक सय सात मतसहित निर्वाचित भएका छन् । सङ्घको वाणिज्य उपाध्यक्षमा भीमबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै क्षेत्र नं ११ को दुई सदस्यका लागि भएको निर्वाचनमा तीन जना चुनावी मैदानमा रहेकामा कमल पाण्डे र लक्ष्मण बस्याल निर्वाचित भएका छन् । कुल २५ पदका लागि हुने निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष र क्षेत्र नं ११ को दुई सदस्यका लागि मात्र निर्वाचन भएको थियो । अन्य पदमा भने समिति निर्विरोध निर्वाचित भइसकेका छन् ।

एशोेसिएट सदस्यमा विष्णुप्रसाद पाण्डे, क्षेत्र नं २ को सदस्यमा सञ्जयकुमार श्रेष्ठ, क्षेत्र नं ३ को एक सिटमा खुमप्रसाद पोखरेल, क्षेत्र नं ४ को दुई पदमा नारायण पछाईँ, मञ्जु रेग्मी, क्षेत्र नं ५ को सदस्य दुई सिटमा विनायक महर्जन, किशोरदर्शन बज्राचार्य, क्षेत्र नं ६ मा दुई सिटका लागि लक्ष्मणप्रसाद रेग्मी, अमनप्रसाद श्रेष्ठ, क्षेत्र नं ७ को दुई सिटमा सविन मल्ल, महेश शर्मा आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै क्षेत्र नं ८ मा दुई सिटका लागि रञ्जनाकुमारी थापा अर्याल, प्रज्वलराज शाक्य, क्षेत्र नं ९ को एक सिटमा समिरमान सिंह, क्षेत्र नं १० को दुुई सिटमा विदुर घिमिरे, सुरेश गोदार, क्षेत्र नं १२ को दुई सिटमा दीपक घिमिरे, मुक्तिराम जिसी र क्षेत्र नं १३ को एक सिटमा समता मियाँ निर्विरोध भएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  १० : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित