१ आश्विन २०८३, बिहिबार । September 18, 2026

भूतपूर्व सैनिक संघ पाल्पाको पाँचौ साधारण सभा सम्पन्न


२६ कार्तिक २०७९, शनिबार  

6
Shares

पाल्पा । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ पाल्पाको पाँचौ साधारण सभा तानसेनको श्रीनगर डाँडामा सम्पन्न भएको छ ।

कार्यक्रमको नेपाली सेना तानसेन दि फेमस महेन्द्रदल गणका गणपति बालमुकुन्द विष्टले उद्घाटन गरेका थिए । उनले अन्य जिल्लाको तुलनामा पाल्पा जिल्लाको भूपू सैनिक संघको काम उदाहरणीय रहेको बताए । उनले नेपाली सेनाले भूपूहरुको वृद्धि विकास र समस्यामा हातेमालो गर्न तयार रहेको समेत उनको भनाई रहेको थियो ।

नेपाली सेनाले विभिन्न समयमा विभिन्न खालका कार्यक्रम र सेवा सुविधाहरु कल्याणकारी मार्फत लागु गरेको हुँदा सबै सेवा सुविधाहरु उपभोग गर्दै भूतपूर्व सैनिक संघले गरेका कार्यक्रममा सबै भूपूहरु सहभागि रहेर काम गर्न उनले आग्रह समेत गरेका छन् । स्वास्थ्य, शिक्षा, सामाजिक विकास, दुर्घटना, जेष्ठ नागरिक लगायतका क्षेत्रमा नेपाली सेनाले काम गरिरहेकोले कार्यरत भएपछि अवकास प्राप्त जीवनमा समेत यि सेवाहरुको उपयोग गर्न सबै पाल्पाली भूपूहरुलाई उनले जानकारी दिए ।

कार्यक्रममा भूपू सैनिक संघ पाल्पाका सभापति देवबहादुर भाट क्षेत्रीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले लुम्बिनी प्रदेश इपि सेन्टरको समन्वयमा कृषि, पशुपालन र अदुवा खेतीको र सीप मूलक तालिमबाट १ सय २० जनालाई तालिम दिइएको बताए । यस्तै संघमा आवद्ध भूपू सैनिकहरुको निधनमा राहत स्वरुप ३१ जनालाई २५ हजारको दरले ७ लाख बढी रकम सहयोग गरेको, भूपू सैनिकहरुको पेन्सन तथा सहुलियत ऋण प्रदानमा समेत संघले सहयोग गर्दै आइरहेको सभापति भाटले जानकारी दिएका थिए ।

कार्यक्रममा जेष्ठ नागरिकको तर्फबाट इन्द्रबहादुर रावल, सहभागि तर्फबाट रामबहादुर बस्नेत, महेन्द्र पोखरेल, तारा बहादुर खत्री लगायतले शुभकामना तथा राय सुझावहरु राखेका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ६ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ