१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना : एकको मृत्यु, ३६ घाइते


१८ आश्विन २०८२, शनिबार  

9
Shares

कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ३६ जना घाइते भएका छन्।

धनगढीबाट काठमाडौं जाँदै गरेको ना ८ ख ५७०३ नम्बरको बस शिवराज नगरपालिका–१ वनकसवासामा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा डोटीको दिपायल नगरपालिका–१ की ३५ वर्षीया सरस्वती खड्काको मृत्यु भएको कपिलवस्तु प्रहरी प्रमुख एसपी सन्तोष आचार्यले जानकारी दिए।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ। गम्भीरसहित १५ जनालाई चन्द्रौटास्थित स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

प्रहरीका अनुसार बिहान तीव्र गतिमा रहेको बस मोडमा पुग्दा नियन्त्रण गुमाएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ११ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था