२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश



काठमाडौं । समाचार सम्प्रेषणकै कारण साइबर अपराधको आरोप खेपिरहेका वरिष्ठ पत्रकार दिलभूषण पाठकलाई अदालतले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

पाठक बिहीबार जिल्ला अदालत काठमाडौंमा स्वेच्छिक रूपमा उपस्थित भएका थिए। त्यसअघि साइबर ब्युरोले उनलाई तीन दिनअघि फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरेको थियो। बिहीबार न्यायाधीश खेमराज भट्टको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालत परिसरमै रहेका पत्रकार नारायण अर्यालका अनुसार पाठकलाई धरौटी बुझाएर रिहा गरिएको हो।

यो घटना प्रेस स्वतन्त्रता र पत्रकारिताको अधिकारसँग जोडिएर चासोको विषय बनेको छ। पत्रकार महासंघसहित विभिन्न सञ्चारकर्मीहरूले पाठकमाथि लगाइएको आरोपप्रति आपत्ति जनाउँदै उनको पक्षमा ऐक्यबद्धता जनाउँदै आएका छन्।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ६ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको