पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा ड्यामसाइड नजिकै बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।
बुटवलतर्फ गइरहेको लु १ क २५१७ नम्बरको टिपरको टायर पञ्चर भएपछि सवारी नियन्त्रण गुम्दै करिब ६५ मिटर तल तिनाउ खोला किनारमा खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका चालक, रुपन्देही सियारी गाउँपालिका–२ का करिब २६ वर्षीय प्रभाकर यादवलाई तत्काल उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएको थियो।
तर, अस्पतालमा उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। सडकको जोखिमपूर्ण भूगोल र गाडीको प्राविधिक समस्या दुर्घटनाको मुख्य कारण मानिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।







प्रतिक्रिया