काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्वास्थ्य क्षेत्रका सबै सहायता र सहुलियतका कार्यक्रमहरूलाई स्वास्थ्य बीमा प्रणालीमा समावेश गर्ने योजना अघि सारेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममार्फत स्वास्थ्य सेवामा पाइने विभिन्न सहायता तथा सहुलियतलाई एकीकृत गर्दै बीमा प्रणालीभित्र ल्याइने घोषणा गरिएको हो। उनले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्दै दीर्घकालीन रूपमा दिगो बनाउने सरकारको लक्ष्य रहेको पनि बताए।
‘अबदेखि स्वास्थ्यसम्बन्धी सबै सहायता तथा सहुलियतका कार्यक्रमहरू स्वास्थ्य बीमा अन्तर्गत समेटिनेछन्,’ राष्ट्रपति पौडेलले भने, ‘बीमा कार्यक्रमको पुनर्संरचना गरी त्यसलाई दिगो र प्रभावकारी बनाइनेछ।’
यस निर्णयले स्वास्थ्य सेवामा पहुँच बढाउने र सहायता प्रणालीलाई एकीकृत तथा व्यवस्थित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया