१९ असार २०८३, शुक्रबार । July 4, 2026

चर्किंदै चिकित्सकहरूको आन्दोलन ! आज माइतीघरमा धर्ना


१२ बैशाख २०८२, शुक्रबार  

12
Shares

काठमाडौं । सरकारद्वारा तोकिएको न्यूनतम पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत चिकित्सकहरूले आज पुनः माइतीघर मण्डलामा धर्ना र प्रदर्शन गर्ने तयारी गरेका छन्।

नेपाल चिकित्सक संघको अगुवाइमा भइरहेको यो देशव्यापी आन्दोलन अन्तर्गत, काठमाडौं उपत्यकामा रहेका चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्नेछन्, भने उपत्यका बाहिरका चिकित्सकहरू जिल्ला प्रशासन कार्यालयतिर धर्ना दिन जाने कार्यक्रम रहेको आन्दोलनमा सहभागी एक डाक्टरले जानकारी दिए।

संघले निजी मेडिकल कलेजमा कार्यरत चिकित्सकहरूलाई आकस्मिक सेवा बाहेक अन्य सम्पूर्ण सेवा बन्द गरेर आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ। विशेषतः निजी मेडिकल कलेजहरूले सरकारको निर्णय कार्यान्वयन नगरेको भन्दै उनीहरू आक्रोशित छन्। चिकित्सा शिक्षा आयोगको १६औं बैठकले आवासीय चिकित्सकहरूलाई आठौं तहको तलब सुविधा दिनुपर्ने निर्णय गरेको थियो।

सो निर्णय मन्त्रीपरिषद्बाट समेत अनुमोदन भए पनि कार्यान्वयनमा ढिलासुस्ती भएपछि चिकित्सकहरू आन्दोलित भएका हुन्। बिहीबार माइतीघरबाट स्वास्थ्य मन्त्रालयतर्फ प्रदर्शन गर्दै जान खोजेका डाक्टरहरूलाई प्रहरीले रोकेको थियो। सो क्रममा केहीबेर प्रहरी र आन्दोलनरत चिकित्सकहरूबीच धकेलाधकेल समेत भएको थियो।

आन्दोलनरत चिकित्सकहरूले सरकारसँग आयोगले तोकेको तलब संरचना लागू गर्न, आवासीय चिकित्सकको शैक्षिक प्रगति सुनिश्चित गर्न, र दीर्घकालीन समाधानका लागि प्रभावकारी पहल गर्न माग गरेका छन्।

यदि तत्काल मागहरू पूरा नभए देशभर आकस्मिक तथा सघन उपचार सेवा बाहेक सबै स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघको चेतावनीले स्थिति गम्भीर बन्ने संकेत देखिएको छ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ११ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर