४ आश्विन २०८३, आइतबार । September 20, 2026

भारत–पाकिस्तान तनाव उत्कर्षमा ! हवाई मार्ग बन्द, अन्तर्राष्ट्रिय समुदाय सक्रिय


१८ बैशाख २०८२, बिहिबार  

207
Shares

एजेन्सी । दक्षिण एशियाका दुई आणविक हतियार सम्पन्न मुलुक भारत र पाकिस्तानबीचको तनाव पुनः चुलिँदै गएको छ।

पछिल्लो समय कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलापछि भारतले कडा प्रतिक्रिया जनाउँदै पाकिस्तानी विमानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ। अब कुनै पनि पाकिस्तानी विमान भारतको आकाशमार्ग प्रयोग गर्न नपाउने भएका छन् । यसअघि पाकिस्तानले भारतीय विमानका लागि आफ्नो एयरस्पेस बन्द गरिसकेको थियो। उक्त घटनाले दुई मुलुकबीचको सम्बन्ध झनै बिग्रिएको देखिँदा अन्तर्राष्ट्रिय समुदायको चासो बढेको छ।

तनाव कम गर्न अमेरिका, खाडी मुलुकसहितका इस्लामिक राष्ट्रहरू सक्रिय बनेका छन्। यसै सन्दर्भमा अमेरिकी विदेशमन्त्री मार्क रुबियोले भारतका विदेशमन्त्री ए.जयशंकर र पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफसँग टेलिफोन संवाद गरेका छन्। भारतीय पक्षसँगको वार्तामा रुबियोले पहलगाम हमलाप्रति दुःख व्यक्त गर्दै भारत–पाकिस्तानबीचको विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न आग्रह गरेका छन्।

पाकिस्तानी प्रधानमन्त्री सरिफसँगको कुराकानीमा पनि रुबियोले संयमता अपनाउन सुझाव दिएका छन्। प्रधानमन्त्री सरिफले भारतले उक्साहटपूर्ण कदम चालेको गुनासो गर्दै, पहलगाम हमलामा पाकिस्तानको संलग्नता नरहेको दाबी गरे। उनले निष्पक्ष छानबिन आवश्यक रहेकोमा जोड दिएका छन्।

क्षेत्रीय तनावले समग्र दक्षिण एसियाको स्थायित्वमा असर पार्न सक्ने भएकाले अहिले अन्तर्राष्ट्रिय दबाबले दुवै पक्षलाई वार्ता र संयमतर्फ धकेल्ने प्रयास भइरहेको छ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  १० : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली