२८ बैशाख २०८२, आइतबार । May 11, 2025

सर्वोच्चले दिएन कुलमानको पक्षमा अन्तरिम आदेश, मुद्दा अग्राधिकारमा



काठमाडौं । सर्वोच्च अदालतले कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले अन्तरिम आदेश नदिई मुद्दालाई अग्राधिकारका साथ अघि बढाउने निर्णय गरेको हो। सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेपछि घिसिङ सर्वोच्च अदालत पुगेका थिए।

आफूलाई अन्यायपूर्ण रूपमा हटाइएको दाबी गर्दै उनले अन्तरिम आदेशको माग गरेका थिए। यसअघि, चैत १५ गते प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सरकारलाई कारण देखाउ आदेश जारी गरेको थियो।

अदालतले लिखित जवाफ माग गर्दै दुवै पक्षलाई चैत १७ गते छलफलका लागि बोलाएको थियो।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  ६ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सस्तियो सुनको मूल्य, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ

ट्रक पल्टिँदा अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

चितवन । नारायणघाट(मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पश्चिमी र स्थानीय वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुसँगै अरब सागरबाट

भारत–पाकिस्तान युद्धविरामः जम्मू-कश्मिर क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । भारत र पाकिस्तानबीच हालैको सैन्य तनाव शान्तिपूर्ण दिशातर्फ