१७ चैत्र २०८१, सोमबार । March 31, 2025

स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्षमा थापा नियुक्त



काठमाडौं । स्वास्थ्य बिमा बोर्डको नयाँ अध्यक्षको रूपमा चन्द्रबहादुर थापा क्षेत्रीलाई नियुक्त गरिएको छ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज(मंगलबार) मन्त्रालयमा थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्।

प्यूठान निवासी थापा यसअघि तीन वर्षसम्म बोर्डका सदस्यका रूपमा कार्यरत थिए। नवनियुक्त अध्यक्ष थापाले स्वास्थ्य बिमा सुधार गर्ने उद्देश्यले स्वास्थ्य बिमा नीतिको समीक्षा र सुधार गरेर सबै नागरिकलाई समेट्ने योजना अघि सारेका छन्।

उनले बिमा दाबी भुक्तानी प्रक्रियालाई छिटो र पारदर्शी बनाउन, बिमा कोषको प्रभावकारी व्यवस्थापन गर्न, र स्वास्थ्य बिमा बोर्डको स्थायी संरचना स्वीकृतिका लागि पहल गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरे। थप रूपमा, उनले जनचेतना अभियान चलाएर सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरी बिमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन काम गर्ने आश्वासन दिएका छन्।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ५ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली सस्पेन्स थ्रिलर ‘खेल’को ट्रेलर सार्वजनिक, रहस्य र डरको मिश्रण

काठमाडौं । नेपाली सस्पेन्स थ्रिलर चलचित्र ‘खेल’ को ट्रेलर युट्युबमार्फत

आईपीएल: स्टार्कको घातक बलिङ र डुप्लेसिसको अर्धशतकले दिल्ली विजयी

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले मिचेल

महिला टी-२० विश्वकप एसिया छनोटका लागि २८ खेलाडी छनोट

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मे महिनामा

नेपाल स्काउट शुद्धिकरण अभियानको आमरण अनशन पाँचौ दिनमा, सरकारप्रति उपेक्षाको आरोप

काठमाडौं । नेपाल स्काउट शुद्धीकरण अभियानले आफ्ना मागहरू पूरा गराउन

एनएसएल फुटबलः झापा एफसी र बुटवल लुम्बिनी गोलरहित बराबरीमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आइतबारको खेलमा