१९ श्रावण २०८३, मंगलबार । August 5, 2026

नक्कली मेडिकल रिपोर्ट रोक्न वैदेशिक रोजगारका लागि स्वास्थ्य परीक्षण डिजिटल बनाउने निर्णय


९ चैत्र २०८१, आइतबार  

15
Shares

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारका लागि श्रमिकको स्वास्थ्य परीक्षणलाई डिजिटलाइज गर्ने निर्णय गरेको छ।

यसका लागि उच्चस्तरीय विशेषज्ञहरूको कार्यदलले स्वास्थ्य परीक्षण प्रक्रिया सुधार्न “सेन्टरलाइज्ड डिजिटल रेपोजिटरी सिस्टम” स्थापनाका लागि सरकारलाई सिफारिस गरेको थियो। श्रममन्त्री शरतसिंह भण्डारीले शुक्रबार उक्त प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरेका छन्। यसले श्रमिकलाई उच्च तापमान (हिट स्ट्रेस) जस्ता स्वास्थ्य समस्याबाट जोगाउने काम गर्नेछ।

गत भदौमा स्वास्थ्य परीक्षणका विषयमा अध्ययन गर्न ३० सदस्यीय विशेषज्ञ टोली गठन गरिएको थियो, जसमा विभिन्न विशेषज्ञ डाक्टरहरू समावेश छन्। कार्यदलका अध्यक्ष डा. दिपेन्द्ररमण सिंहका अनुसार, “वास्तविक स्वास्थ्य परीक्षण नभएको” र “स्वास्थ्य संस्थाहरूलाई पूर्ण रूपमा डिजिटलाइज गर्नुपर्ने” आवश्यकताबारे जोड दिइएको छ। डिजिटलाइजेशनको उद्देश्य भनेको स्वास्थ्य परीक्षणमा पारदर्शिता ल्याउनु र सबै श्रमिकको स्वास्थ्य विवरण ट्र्याक गर्न सक्षम बनाउनु हो।

यससँगै, स्वास्थ्य संस्थाहरूले सरकारले तोकेको दरभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था पनि गरिएको छ। अनुगमनको क्रममा, स्वास्थ्य संस्थामा लापरवाही र मापदण्ड पूरा नगर्ने कृत्यहरू फेला परेको थियो, जसका कारण ६७ स्वास्थ्य संस्थाहरूको कारोबार रोकिएको थियो। पुनः अनुगमन पछि मापदण्ड पूरा गर्ने संस्थाहरूको मात्रै नवीकरण गरिएको छ।

मलेसिया, गल्फ काउन्सिल र अन्य अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूले मापदण्ड पूरा गरेको पुष्टि गरेका छन्।

प्रकाशित मिति : ९ चैत्र २०८१, आइतबार  २ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर