१० चैत्र २०८१, सोमबार । March 24, 2025

बुटवलमा खाद्य अनुगमन: अखाद्य पदार्थ जफत र सुधारका निर्देशन



बुटवल । बुटवल बजारमा खाद्य सुरक्षा सुनिश्चित गर्न विभिन्न स्थानमा अनुगमन गरिएको छ।

खाद्य प्रविधि र गुण नियन्त्रण कार्यालय, बुटवल उपमहानगरपालिका र रुपन्देहीको संयुक्त टोलीले बुटवलका किराना पसल, होटल र मिष्ठान्न भण्डारमा अनुगमन गरेको हो। ईलाका प्रशासन कार्यालय बुटवल र उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका प्रतिनिधिहरूसहितको टोलीले अनुगमनका क्रममा धेरै अखाद्य वस्तु जफत गरेको र सुधारका लागि दिशा-निर्देश दिइएको जानकारी खाद्य अधिकृत जोश्ना शर्मा अधिकारीले दिइन ।

यस क्रममा, बुटवल उपमहानगरपालिकाकी उप प्रमुख सावित्रादेवी अर्यालको नेतृत्वमा लुम्बिनी प्रादेशिक अस्पतालको चमेनागृहको अनुगमन पनि गरिएको थियो। व्यवस्थापनमा सुधारका लागि सुझाव दिइएको थियो। आम्दा अस्पतालको चमेना गृहमा शराफाइमा सुधारको आवश्यकता रहेको उल्लेख गरिएको छ। राजमार्ग चौराहामा रहेका कस्तुरी मिष्ठान्न भण्डारलाई अखाद्य वस्तुहरूको व्यवस्थापन र सरसफाईमा ध्यान दिन निर्देशन दिइएको उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष तेजकुमार पाठकले जानकारी दिए ।

अनुगमन टोलीले बुटवल-६ स्थित कृष्ण किराना पसलबाट म्याद गुज्रिएको ४ प्याकेट भुजिया र ५० प्याकेट सेमोटोमिया जफत गरेको थियो। त्यस्तै, रंग मिलाइएको ३० किलो खुला मटर र ३ प्याकेट दालमोठ पनि बरामद गरिएको थियो। थापा गेडागुडी जनरल स्टोरबाट रंग मिसाइएको १०५ थान झिनुवा रोटी जफत गरेर नष्ट गरिएको छ । न्यु कान्दु किराना तथा खाद्य पसलबाट पनि म्याद गुज्रिएका केही वस्तुहरू जफत गरिएको थियो ।

अनुगमनमा ईलाका प्रशासन कार्यालय बुटवलका प्रतिनिधि जिवराज पन्थी, बुटवल उपमहानगरपालिका अनुगमन शाखाका अधिकृत ठगिश्वर पोखरेल लगायतका अधिकारीहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  ९ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता हुँदै

काठमाडौं । तीन प्रमुख दलका नेताहरु नेकपा एमाले, माओवादी केन्द्र

सुन्तलाको जुसबाट किसानको अतिरिक्त आम्दानी: घरापका दम्पतीको सफल व्यापार

म्याग्दी । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका-४ स्थित घरापका किसान प्रेम

नक्कली मेडिकल रिपोर्ट रोक्न वैदेशिक रोजगारका लागि स्वास्थ्य परीक्षण डिजिटल बनाउने निर्णय

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारका लागि

पूर्वराजा शाह कुनै हालतमा संवैधानिक राजा बन्ने योग्य छैनन्: देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई

महायज्ञको नाममा दलित परिवारको घर तोड्नेलाई कडा कारबाही गर्ने पूर्वप्रधानमन्त्री खनालको माग

काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता र पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिराहाको