१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

कृषि औजार कारखाना आविष्कार केन्द्रले सञ्चालन गर्ने



वीरगञ्ज । वीरगञ्जको कृषि औजार कारखानाको मर्मतसम्भार कार्य शुरु गरिएको छ ।

दुई दशक अघिबाट बन्द रहेको कारखानालाई महावीर पुनको आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने भएसँगै मर्मत कार्य र कारखानामा भएका सामग्रीको लगत संकलन शुरु भएको हो । गत भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरे पश्चात आविष्कार केन्द्रले गत मंगलवारदेखि कारखानाको सरफाई र मर्मतसम्भार गर्न थालेको छ ।

वि.सं. २०२४ साल फागुन २८ गते रुसको सहायतामा स्थापना भएको उद्योग सञ्चालनको जिम्मेवारी पाएका आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कारखानाले कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरुको उत्पादन गर्ने, नयाँ औजार उपकरणहरुको आविस्कार गर्ने पनि बताए । उनले सरकारले आविष्कार केन्द्रलाई पूरै स्वामित्व नदिएको तर सञ्चालन गर्ने अधिकार प्रदान गरेको बताए ।

पुनले कारखानाको अवलोकन गर्दा कारखाना सञ्चालनका लागि सिभिल वर्कहरुको रिपेयर डाटा संकलन गरेको जानकारी दिए । बिजुलीका वाइरिङ, कारखानास्थित मेसिनको अवस्थाका बारेमा जाँच भइरहेको उनले बताए । उनले सकेसम्म औजारहरु छिटो उत्पादन गर्ने सोच रहेको बताउँदै रेनोभेसनको लागि कम्तिमा १० महिनाको समय लाग्ने र दोस्रो वर्षमा किसानलाई चाहिने नयाँ नयाँ कृषि औजारको उत्पादनमा जोड दिने बताए ।

कारखानालाई आधुनिकीकरण गरेर अघि बढ्नसके मात्रै कारखाना नाफामा जाने अध्यक्ष पुनको भनाई छ । पुरानै अवस्थामा कारखानामा सबै कृषि औजार उत्पादन गर्न नसकेपनि एक वर्षभित्र १०/१५ किसिमका कृषि औजारहरु उत्पादन गर्ने लक्ष्य आविस्कार केन्द्रले राखेको छ।

आविष्कार केन्द्रलाई २/३ वर्ष भित्रमा पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने र सकेसम्म ३ सिफ्ट नै सञ्चालन गर्ने लक्ष्य लिएर केन्द्र अघि बढेको बताईएको छ । आविष्कार केन्द्र र सरकारबीच १० वर्षसम्म सञ्चालन गर्ने सहमति भएको कारखानाको सबै खर्च र स्वामित्व सरकारमा निहीत रहने बताइएको छ । नाफामा लैजानसके केन्द्र र सरकारलाई बराबर भाग लाग्ने पनि समहति भएको छ ।

स्वदेशमै आविष्कार केन्द्र नहुँदा वर्षेनी अर्बौंको कृषिऔजार बाहिरी मुलुकबाट आयात भइरहेको अवस्था आविष्कार केन्द्र सञ्चालनमा आएसँगै आत्मनिर्भरता बढ्ने आंकलन गरिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १२ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको