६ कार्तिक २०८१, मंगलबार । October 23, 2024

अमेरिकाविरुद्धको टी–२० सिरिजमा नेपालको क्लिन स्विप



काठमाडौं । अमेरिकाविरुद्धको टी–२० सिरिजमा नेपालले क्लिन स्विप गरेको छ।

सिरिजको पहिलो खेल १७ रनले जितेको नेपालले आइतबार बिहान भएको दोस्रो खेल सुपर ओभरमा जितेको थियो। तेस्रो खेलमा नेपाल ८ विकेटले विजयी भयो। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो। अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५६ रन जोडेको थियो।

घरेलु टोलीका ओपनर साइटेजा मुकामल्लले सर्वाधिक ६८ रन बनाएका थिए। मिलिन्द कुमारले ४३ रनको योगदान गरे। नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने रिजन ढकाल र ललित राजवंशीले समान १–१ विकेट लिए। ​ एकसय ५७ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले ओभरमा लक्ष्य पुरा गर्‍यो।

नेपालका लागि आशिफ शेखले ३८ बल ५० रनको योगदान दिएका थिए । यस्तै ओपनर अनिल शाह १३ रन बनाएर आउट भएका थिए । यस्तै कुशल भुर्तेल र कुशल मल्लले नटआउट रहँदै क्रमशः ४० र ४४ रनको योगदान दिए ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ९ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालको स्मार्टफोन बजारमा टेक्नो स्पार्क ३०ः नयाँ प्रविधिको उत्कृष्ट संयोजन

काठमाडौं । टेक्नोले आफ्नो नयाँ स्मार्टफोन स्पार्क ३० नेपाली बजारमा

तेस्रो कारोबारको दिन बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक

निरन्तर उकालो लाग्दै सुनको भाउ, तोलामा १ लाख ६६ हजार नजिक

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ उकालो लागेको

एएफसी च्याम्पियन्स लिगः खेलमा नेइमारको कमब्याक,अल हिलाल विजयी

काठमाडौं । एएफसी च्याम्पियन्स लिगमा साउदी क्लब अल हिलालले लगातार

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर