१ फाल्गुन २०८२, शुक्रबार । February 14, 2026

अमेरिकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपाल विजयी



काठमाडौं । अमेरिकाविरुद्धको पहिलो टी–२० खेलमा नेपाल विजयी भएको छ।

अमेरिकाको टेक्सासस्थित डलासमा शुक्रबार विहान सकिएको खेलमा नेपालले १७ रनको जित निकालेको हो। नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको घरेलु टोली अमेरिकाले ७ विकेटको क्षतिमा १४७ रन जोड्यो। अमेरिकाका लागि शयन जहनगिरले अर्धशतक प्रहार गरे पनि जितका लागि पर्याप्त हुन सकेन।

उनले नटआउट ६० रन बनाउँदा ३४ बलमा ६ चौका र २ छक्का प्रहार गरे। अमेरिकाका कप्तान तथा ओपनर मोनाक पटेल तेस्रो ओभरको पहिलो बलमा ३ रनमा आउट भएका थिए। उनलाई रिजन ढकालले बोल्ड गरे। अघिल्लो ओभरमा अर्का ओपनर मुक्कामाला २ रनमा करण केसीको बलमा रोहित पौडेलबाट क्याच हुँदा नेपालले उत्कृष्ट सुरुवात गर्‍यो।

त्यसपछि आन्द्रेस गसले २५ बलमा ३० रन जोडे भने आरोन जोन्स ३ रन र मिलिन्ड कुमार २२ रनमा आउट भए। हर्मित सिंह शून्यमा एलबिडब्लूको धरापमा पारे। नेपालका दीपेन्द्रसिंह ऐरीले १६ ओभरको पहिलो र दोस्रो बलमा मिलिन्ड र हर्मितलाई आउट गरेका थिए।

जससँगै खेलमा नेपाल हाबी भएको थियो।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ९ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा

लुम्बिनी वल्ड स्कुलमा नयाँ नेतृत्व चयन, गोपाल टण्डन अध्यक्षमा सर्वसम्मत

बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाले गोपाल

इटालीसँग नेपालको अप्रत्याशित हार, सुपर–८ यात्रा संकटमा

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल

टी-२० विश्वकपः नेपालले इटालीलाई दियो १२४ रनको झिनो लक्ष्य

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को

टी-२० विश्वकपः इटली विरुद्द पहिलो ब्याटिङ गर्दै नेपाल

काठमाडौं । जारी आइसिसी टि ट्वान्टी विश्वकपमा इटलीसँगको खेलमा नेपालले