२५ मंसिर २०८२, बुधबार । December 10, 2025

त्रिकोणात्मक टी–२० सिरिजः घरेलु टोली क्यानडासँग नेपाल पराजित



काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल घरेलु टोली क्यानडासँग पराजित भएको छ।

मंगलबार राति भएको खेलमा नेपाल क्यानडासँग ४ विकेटले पराजित भएको हो। सिरिजको अघिल्लो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो। पछिल्लो समय नेपाली टोली एक दिवसीय र टी २० का समान दुई खेलमा क्यानडासँग पराजित भएको छ। नेपालले दिएको १ सय ४० रनको लक्ष्य क्यानडाले ३ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो।

क्यानडाका साद विन जफर ३३ र रविन्द्रपाल सिंह २० रनमा अविजित रहे। कप्तान निकोलस किर्तन २६ र ओपनर दिलप्रित बाज्वा २५ रनमा पेभेलियन फर्के। नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले समान २ विकेट लिए। सोमपाल कामीले एक विकेट झारे। त्यसअघि किंग सिटीमा क्यानडाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको थियो।

पहिलो विकेटका लागि ओपनर अनिल शाह र आशिफ शेखले ७० रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए पनि त्यसपछिका ब्याटरले आक्रमक खेल प्रस्तुत गर्न सकेनन्। अनिल शाह ४१ र आशिफ शेख ३० रनमा आउट भए। कुशल भुर्तेल १३ र दिपेन्द्र सिंह ऐरिले १२ रन थपे। गुल्सन झा २३ र करण केसी ८ रनमा अविजित रहे।

सिरिजको अन्तिम खेलमा नेपालले आज बुधबार ओमानसँग खेल्नेछ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ७ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले