९ चैत्र २०८२, सोमबार । March 24, 2026

४४ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम ३ अर्ब ७१ करोड मात्रै


१४ आश्विन २०८१, सोमबार  

21
Shares

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक उकालो लागेको छ ।

लामो समयदेखि ओरालो लागिरहेको बजारमा आज भने एकै दिन ४४ अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ४४ दशमलव ४५ अंकले बढेर २५०८ दशमलव ८६ को विन्दुमा पुगेको छ । सोमबार ३१९ कम्पनीका ५० हजार ६ सय ८० पटकको कारोबारमा ९७ लाख १७ हजार ९ सय ५९ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार रुपैयाँ मात्र रहेको छ । आइतबारको तुलनामा आज कारोबार रकम घटेको छ । आइतबार कारोबार रकम ४ अर्ब ५ करोड ५ लाख रहेको थियो । सोमबार २१० कम्पनीको सेयर मूल्य बढ्दा ३३ कम्पनीको घटेको छ भने १ वटा स्थिर रहेको छ ।

आज म्युचुअल फन्ड सामान्य घट्दा अन्य १३ उपसमूहमा हरियाली देखिएको छ । सीइडीबी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सर्वाधिक कारोबार पनि सोही कम्पनीको भएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ३ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali