४ चैत्र २०८२, बुधबार । March 18, 2026

कुमारी बैंकको दशैं उत्सव क्यासब्याक अफर सार्वजनिक


११ आश्विन २०८१, शुक्रबार  

12
Shares

काठमाडौं । कुमारी बैंकले दशैँलाई लक्षित गर्दै आफ्ना सेवाग्राहीहरूलाई शुभकामनास्वरूप दशैँ उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ ।

अनवरतरुपमा नवप्रर्वतनमा आधारित उत्कृष्ट सेवा दिइरहेको कुमारी बैंकले घटस्थापनादेखि महानवमीसम्मको ९ दिन यो अफर सञ्चालन गर्ने बताएको छ । बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैकिङ्गमार्फत वस्तु तथा सेवा खरिदबापत रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैकिङ्ग प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५ सय १ बराबरको क्यासब्याक प्राप्त गर्ने छन् ।

यो योजनाअन्तर्गत लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजे देखि बेलुका ११ः५९ बजेसम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकले क्यासब्याकले सेवाग्राहीमा विद्युतीय भुक्तानीका माध्यममार्फत कारोबार गर्न प्रोत्साहन मिल्ने तथा डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास लिएको जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा