३ आश्विन २०८३, शनिबार । September 19, 2026

रोकिएन नेप्सेको ओरालो यात्रा, मंगलबार ५८ दशमलव ९३ अंकले घट्यो


८ आश्विन २०८१, मंगलबार  

126
Shares

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि सेयर बजार परिसूचक नेप्से ओरालो लाग्ने क्रम रोकिएको छैन् ।

यसदिन नेप्से परिसूचक ५८ दशमलव ९३ अंकले घटेर २४७० दशमलव ३९ विन्दुमा अडिएको छ। आइतबार ११ अंकले बढेको नेप्से सोमबार ५९ दशमलव ०२ अंकले घटेको थियो। सेन्सेटिभ इण्डेक्स २ दशमलव ०९ प्रतिशतले घटेर ४४४ दशमलव ८८ विन्दुमा अडिएको छ। उच्च अंकले घटेको सेयर बजारमा ३०९ स्क्रिप्सको १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता सेयर ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ रुपैयाँमा खरिदबिक्री भए।

सोमबार ५ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा आइतबार अर्ब ९ करोड २९ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। अपर स्यांगी हाइड्रोपावरको सेयर सर्वाधिक ७ दशमलव ८३ प्रतिशतले बढ्यो। आज हिमालयन हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स शीर्षस्थानमा रह्यो।

सो कम्पनीको १८ करोड ४१ लाख मूल्य बराबरको सेयर कारोबार भयो। सानिमा रिलाइन्सको १७ करोडको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको १४ करोड,अपी पावरको १३ करोड र सानिमा माइ हाइड्रोपावरको ११ करोड मूल्य बराबरको सेयर कारोबार भयो। आज सबै समूहको परिसूचक नकारात्मक देखिएका छन्।

फाइनान्स समूहको सूचक सर्वाधिक ४ दशमलव ६० प्रतिशतले घट्यो।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ३ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली