१२ बैशाख २०८३, शनिबार । April 26, 2026

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


३ आश्विन २०८१, बिहिबार  

66
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा कायम भएको छ। युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ। केन्द्रीय बैंककानुसार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४४ पैसा रहेको छ।

यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ २२ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७७ पैसा र बिक्रीदर ९१ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ। क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३६ र बिक्रीदर एक सय तीन रुपैयाँ ८२ पैसा कायम भएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा कायम छ। राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा कायम भएको छ। थाई भाट एकको खरिददर चार रुपैयाँ ०२ पैसा र बिक्रीदर चार रुपैयाँ ०४ पैसा कायम छ।

साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा रहेको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १४ पैसा र बिक्रीदर १३ रुपैयाँ २० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९४ पैसा र बिक्रीदर २० रुपैयाँ ०३ पैसा छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १६ पैसा र बिक्रीदर १७ रुपैयाँ २३ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४४० रुपैयाँ ५६ पैसा छ भने बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ७७ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ३६ पैसा कायम भएको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ६ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin