२० बैशाख २०८२, शनिबार । May 3, 2025

बढ्दै डेंगु संक्रमण, मृत्यु हुनेको संख्या २ पुग्यो



काठमाडौं । डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई जना पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनावरी यता ३ हजार ३ सय ३९ जना सङ्क्रमण पुष्टि भएकोमा २ जनाको मृत्यु भएको हो । मृत्यु भएका डेंगु सङ्क्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले उल्लेख गरेको छ । देशभर ७७ मध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । तनहुँका ६ सय ५६ जनामा डेंगु सङ्क्रमण देखिएको छ ।

यो जिल्लामा मात्रै पाँच सय बढी डेंगु सङ्क्रमित छन् । साउन २५ गते ३ हजार ८४ जनामा डेंगु देखिएको थियो । ईडीसीडीले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार तीन दिनको फरकमा २५५ जना थप सङ्क्रमित भएको पुष्टि भएको छ । सो तथ्याङ्क अनुसार कोशी प्रदेशमा सबै भन्दा बढी ५८२ जना सङ्क्रमित छन् ।

यस्तै, सबैभन्दा कम डेंगु प्रभावित कर्णाली प्रदेश देखिएको छ । यहाँ ४७ जना मात्रै डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ८ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालमा आगामी वर्षदेखि यूरो ६ मापदण्ड लागू गर्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ देखि नेपालमा यूरो ६

स्थानीय कच्चा पदार्थ र सीपमा आधारित औद्योगिक विकासलाई प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का

अब नेपालमै कमाउँदै पढ्ने अवसर,विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने सुविधा

काठमाडौं । अब क्याम्पस पढ्ने नेपाली विद्यार्थीहरूलाई कमाउँदै पढ्न सक्ने

समस्याग्रस्त सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाउने !

काठमाडौं । समस्यामा परेका सहकारी संस्था सदस्यका साना बचतकर्ताहरूको रकम

युवालाई कृषिमा आकर्षित गर्न सरकारको यस्तो छन् नयाँ योजना

काठमाडौं । कृषि क्षेत्रलाई उद्यमशील बनाउने उद्देश्यले सरकारले नयाँ नीति