४ आश्विन २०८३, आइतबार । September 20, 2026

सडक दुर्घटनाः कर्णालीमा एक सय १२ जनाको मृत्यु


१० श्रावण २०८१, बिहिबार  

1.4k
Shares

सुर्खेत । कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको छ ।

गत आर्थिक वर्षमा कर्णाली प्रदेशभर एक हजार चार सय ४५ सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा नौ सय ५९ वटा सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ । सल्ल्यानमा एक सय ३० सवारी दुर्घटना हुँदा १९ जनाको मृत्यु हुँदा रुकुमपश्चिममा ९३ वटा सवारी दुर्घटनामा २३ जनाको मृत्यु भएको हो ।

यसैगरी, गत वर्ष कालिकोटमा ४८ वटा सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भयोभने जाजरकोटमा ६८ वटा दुर्घटना पाँच, दैलेखमा ७० वटा दुर्घटना हुँदा १०, जुम्लामा भएका ४१ दुर्घटनामा सातजनाको मृत्यु भएको हो । समीक्षा अविधिमा मुगुमा १२ र डोल्पामा १३ वटा सवारी दुर्घटनाका घटना भएका थिए । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सवारी दुर्घटना परी एक वर्षको अवधिमा दुई हजार ७७ जना घाइते भएका छन् ।

घाइतेमध्ये पाँच सय २४ जना गम्भीर र अन्य सामान्य छन् । घाइतेमध्ये सबैभन्दा धेरै सुर्खेतका एक हजार एक सय ८४ छन् भने सल्ल्यानका दुई सय ७१, रुकुमपश्चिमका एक सय ५६, कालिकोटका ९६, जाजरकोटका ८७, दैलेखका एक सय ३८, जुम्लाका ६०, मुगुका ३९, डोल्पाका २१ र हुम्लाका २६ जना रहेको प्रदेश प्रहरी कार्यालले जनाएको छ । कर्णालीमा सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर दुर्घटनामा परेका छन् ।

गत आवमा प्रदेशभर सात सय ७१ वटा मोटरसाइकल तथा स्कुटर दुर्घटना भएका छन् । त्यसपछि एक सय ६५ वटा अटोरिक्सा, दुई सय १८ वटा जिप तथा कार, ९१ वटा ट्रयाक्टर दुर्घटना भएका छन् । एक वर्षको अवधिमा ७० वटा बस दुर्घटना भएका छन् भने ६९ वटा ट्रक÷ट्याङ्कर दुर्घटना परेको प्रहरीले जनाएको छ ।

यस्तै, २७ वटा माइक्रो फोर्स, १५ वटा टिपर, १४ वटा डोजर तथा लोडर दुर्घटना भएका थिए ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  १२ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली