२१ मंसिर २०८२, शनिबार । December 7, 2025

कोपा अमेरिका २०२४

क्यानडालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश



एजेन्सी । जारी कोपा अमेरिका २०२४ को पहिलो सेमिफाइनल खेलमा क्यानडालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान सकिएको खेलमा क्यानडालाई २–० गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियनसमेत रहेको अर्जेन्टिनाले फाइनलमा स्थान बनाएको हो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लियोनल मेस्सीले एकएक गोल गरे । अमेरिकाको न्युजर्सीमा भएको खेलमा अल्भारेजले २२औं मिनेटमा रोड्रिगो जाभियरको पासमा गोल गर्दा अर्जेन्टिनाले सुरुआती अग्रता लिएको थियो । पहिलो हाफमा १ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा पनि १ गोल थपेको थियो ।

५१औं मिनेटमा इन्जो फर्नान्डेजको पासमा लियोनल मेस्सीले गोल गर्दै अग्रता दोब्बर बनाए । सोही अग्रता अन्तिमसम्म कायम राख्दै अर्जेन्टिनाले केपा अमेरिकाको फाइनलमा स्थान बनाएको हो ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ८ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको