१३ मंसिर २०८१, बिहिबार । November 28, 2024

टी–२० विश्वकप २०२६

यी १२ देशको स्थान सुरक्षित, नेपालले कुन–कुन देशसँग प्रतिष्पर्धा गर्नुपर्छ ?



एजेन्सी । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा १२ देशले आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार भारत र श्रीलंकाले आयोजक राष्ट्रका रुपमा २०२६ को टी–२० विश्वकपमा प्रतिष्र्धा गर्नेछन् । यसबाहेक अमेरिका र वेष्टइन्डिजमा सम्पन्न भएको टी–२० विश्वकप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेर सुपर–८ मा पुगेका टोलीहरुले पनि स्थान सुरक्षित गरेका छन् । जसमा साउथ अफ्रिका, अमेरिका, बङ्गलादेश, इङ्ग्ल्यान्ड, अफगानिस्तान, अस्ट्रेलिया र वेस्ट इन्डिज रहेका छन्।

त्यसबाहेक सुपर ८ मा स्थानमा स्थान नबनाए पनि आईसिसी टी–२० वरीयता २०२४ जुन अनुसार ७ औँ स्थानमा रहेको पाकिस्तान, छैटौँ स्थानमा रहेको न्यूजिल्यान्ड र ११ औँ स्थानमा रहेको आयरल्यान्डले पनि सन् २०२६ को आईसिसी टी–२० पुरुष विश्वकपमा स्थान बनाइसकेको छ। त्यसबाहेकका अन्य ८ टीमले क्षेत्रीय प्रतियोगिताबाट आईसिसी टी–२० पुरुष विश्वकपका लागि आफ्नो स्थान बनाउने छन्।

क्षेत्रीय प्रतियोगिताका लागि पनि टीमहरू सुनिश्चित भइसकेका छन्। जसमा अफ्रिकी क्षेत्रबाट युगान्डा, जिम्बावे र नामिबिया रहेका छन्। तर, यी तीनलाई चुनौती दिन नाइजेरिया, तान्जिनिया र केन्या तयारी गरिरहेका छन्। अमेरिकी क्षेत्रबाट क्यानडा र बर्मुडालाई चुनौती दिन अर्जेन्टिना र पनामा प्रतिस्पर्धामा रहने छन्। नेपाल र ओमानले पहिला नै एशियन क्षेत्रका लागि स्थान बनाइसकेका छन् भने युएई पनि प्रतिस्पर्धामा हुनेछ।

त्यसबाहेक उपक्षेत्रीय छनोटमा बहराइन, कुवेत र कतार तीन टोलीको रूपमा खेलमा आफ्नो छाप छोड्न तयारीमा जुटेका छन् भने हङकङ र मलेसिया पनि लाइनमा हुनेछ। इस्ट एसिया प्यासेफिक क्षेत्रबाट पपुआ न्यूगिनीका लागि जापान ठूलो प्रतिस्पर्धी हुनेछ।

केन्डेल काडोवाकी–फ्लेमिङको टोलीले आफ्नो उप–क्षेत्रीय छनोटमा इन्डोनेसिया, फिलिपिन्स र दक्षिण कोरियालाई जित्नुपर्ने हुन्छ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  २ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल अभ्यास खेलः विराटनगर किंग्स पोखरा एभेन्जर्ससँग पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको अभ्यास

बयानका लागि रवि लामिछानेलाई काठमाडौं ल्याइयो, विमानस्थलमा समर्थकको प्रदर्शन

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी

सुदूरपश्चिम रोयल्सको ट्राभल पार्टनरमा राइका ट्राभल

काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम

विराटनगर किङ्ग्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्टिन गप्टिल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेञ्चाइज टोली विराटनगर

साताको अन्तिम कारोबारको दिन ओरालो लाग्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक