रोल्पा रोल्पाको घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप माडी गाउँपालिका ४ परेवा छहरामा दुर्घटना हुँदा ११ जना यात्रु गम्भिर घाइते भएका छन्।
उनीहरूको उद्धार गरी उपचारका लागि अहिले अस्पतालतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । जीप सडकबाट करिब ४ सय मिटर तल खसेको छ ।
दुर्घटनामा परि केहीको मृत्यु भएको हुनसक्ने आशंका समेत गरिएको छ ।







प्रतिक्रिया