२२ माघ २०८२, बुधबार । February 4, 2026

पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति गरिँदै



झापा । पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–केरखा खण्डको स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।

उक्त खण्डमा हाल १० पुल र ६५ कल्भर्ट निर्माण गर्ने काम भइरहेको छ । एसियाली विकास बैंकको सहयोगमा नेपाल सरकारले स्तरोन्नति गरिरहेको काँकडभिट्टा–लौकही खण्डको ९५।७६ किलोमिटर सडक पूर्वी, मध्य र पश्चिमी गरी तीन खण्डमा स्तरोन्नति गरिँदै छ ।

पूर्वी खण्डको ४५ किलोमिटर सडकमा पुल, कल्भर्ट र माटो भर्ने काम जारी रहेको एभ्रास्कन–कालिका जेभीका कन्ट्र्याक्ट म्यानेजर उज्ज्वल प्रसाईंले बताए । पूर्वी खण्डको पुल र सडक निर्माणको ठेक्का एभ्रास्कन–कालिका जेभीले लिएको छ । पूर्वी खण्डमा १८ पुल र एक सय ४३ कल्भर्ट निर्माण गरिने छ ।

हाल उक्त खण्डमा १० पुलको काम भइरहेको छ । चालु आर्थिक वर्षभित्रै काम सक्ने गरी काम भइरहेको प्रसाईंले बताए । द्रुत गतिमा काम सम्पन्न गर्ने लक्ष्यका साथ हाल ६५ निर्माणस्थलमा बक्स कल्भर्टको दुई किनाराको फाउन्डेसन निर्माण भइरहेको छ ।

बर्खापछि राजमार्गमा आवागमन अवरोध नहुने गरी दुई किनाराबाट सवारी ओहोरदोहोरको व्यवस्था मिलाएर कालोपत्र गरिने उनले बताए । हाल राजमार्ग रहेको बीचको भाग भत्काएर नयाँ बनाइने छ । यसरी स्तरोन्नतिको काम गर्दा यातायात अवरुद्ध कम हुन्छ । सडकमा अहिले माटो भर्ने काम भइरहेको छ ।

डेढ लाख घनमिटर माटो भर्ने कार्य सकिएको र त्यसलाई रोलर मेसिनले सम्याएर सडकको स्वरुप दिने कार्यलाई प्राथमिकता दिइएको प्रसाईंले बताए । स्तरोन्नति थाल्नुअघि सडक क्षेत्रका रुख काटिएका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ५ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल