२० बैशाख २०८२, शनिबार । May 3, 2025

एक्काइस दिनपछि खुल्यो अवरुद्ध सडक



पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–१ स्थित लेखमलाङ सिद्धभन्ज्याङदेखि सहलकोट आनन्दीभन्ज्याङ जोड्ने मोटरबाटो पुनः सञ्चालन भएको छ ।

गत असोज १८ गतेदेखि अवरुद्ध भएको सडक सोमबारदेखि खुलेको हो । यस क्षेत्रमा चार÷पाँच ठाउँमा ठूला–ठूला पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा निस्दी गाउँपालिकाको कार्यालयमा सेवा लिन रामपुर नगरपालिका हुँदै सवारी साधनमा करिब चार घण्टाको यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो । अहिले सडक खुलेपछि धेरै सहज भएको उपभोक्ता समितिका अध्यक्ष मीनबहादुर सोतीले जानकारी दिएका छन् ।

करिब एक दशकअघि खुलेको सडक व्यवस्थित तरिकाले स्तरोन्नति नहुँदा पानी परेपछि निस्दी–१ बाकामलाङका वडावासीले गाउँपालिकाको कार्यालयमा पुग्न रामपुर नगरपालिकाको बाटो भएर जानुपर्ने समस्या बर्सेनि झेल्दै आइरहेको चेतन पुलामीको गुनासो रहेको छ । नमस्ते रामपुर यातायात प्रा.लि.ले बाकामलाङको छपाक्दीसम्म दैनिक जिप सञ्चालन गर्दै आए पनि पहिराका कारण आनन्दीभन्ज्याङसम्म मात्रै सवारी साधन सञ्चालन गर्दै आएको थियो ।

पहिरो हटाइएपछि गाउँमै सवारी साधनमा आवतजावत गर्न पाउँदा धेरै सहज भएको वडा सदस्य प्रताप सिंह थापाले बताएका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ९ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालमा आगामी वर्षदेखि यूरो ६ मापदण्ड लागू गर्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ देखि नेपालमा यूरो ६

स्थानीय कच्चा पदार्थ र सीपमा आधारित औद्योगिक विकासलाई प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का

अब नेपालमै कमाउँदै पढ्ने अवसर,विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने सुविधा

काठमाडौं । अब क्याम्पस पढ्ने नेपाली विद्यार्थीहरूलाई कमाउँदै पढ्न सक्ने

समस्याग्रस्त सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाउने !

काठमाडौं । समस्यामा परेका सहकारी संस्था सदस्यका साना बचतकर्ताहरूको रकम

युवालाई कृषिमा आकर्षित गर्न सरकारको यस्तो छन् नयाँ योजना

काठमाडौं । कृषि क्षेत्रलाई उद्यमशील बनाउने उद्देश्यले सरकारले नयाँ नीति