२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

कपिलवस्तुमा सर्पको डसाइबाट दाजुभाइको मृत्यु



कपिलवस्तु । कपिलवस्तुमा सर्पको डसाइबाट दाजुभाइको मृत्यु भएको छ ।

सोमबार राति बुद्धभूमि नगरपालिका–१ कपासीमा दाजुभाइको सर्पले डसेर मृत्यु भएको हो । मृत्यु हुनेमा वर्ष वर्षीय दीपक भुसाल र नौ वर्षीय प्रदीप भुसाल रहेका छन् । दुवै पारिजात बोर्डिङ स्कूल गोरुसिङेमा अध्ययन गर्दै आएका थिए । राति मृतक दाजुभाइ हजुरआमासँगै भुइँमा बिस्तारा लगाएर सुतेका थिए ।

बिहान अचेत अवस्थामा देखिएपछि उपचारका लागि स्थानीय मेडिकलमा पुर्‍याइएको थियो । उपचार सम्भव नभएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पर्‍याइएको थियो । सर्पले टोकेको भन्ने थाहा नहुँदा घर नजिकै रहेको सर्पदंश उपचार केन्द्रमा नलगी बुटवल लगेको स्थानीय पशुपति शर्माले बताए ।

अस्पतालको रिपोर्टमा सर्पदंशका कारण मृत्यु भएको टिपोट भएको कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए । पछिल्लो समय सर्पले टोकेको भन्ने थाहा नहुँदा मानिसको मृत्यु भइरहेकाले यसमा सबै सचेत हुनुपर्ने भण्डारीले बताए ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  १० : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको