८ आश्विन २०८३, बिहिबार । September 24, 2026

फिफा विश्वकप २०२६

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित


३ असार २०८३, बुधबार  

12
Shares

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार सुरुवात गरेको छ ।

अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको समूह आईको खेलमा नर्वेले इराकलाई ४-१ गोलअन्तरले पराजित गरेको छ । नर्वेको जितमा एर्लिङ हाल्याण्डले दुई र लियो ओस्टिगार्डले एक गोल गर्दा एक गोल उपहार पायो । इराकका आयमन हुसेनले सान्त्वना गोल गरे । यो जितपछि नर्वे ३ अंकसहित समूह ‘आई’ को शीर्ष स्थानमा छ ।

समान ३ अंक रहेको फ्रान्स गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । पहिलो खेलमा हार बेहोरेका सेनेगल र इराक अंकविहीन छन् । नर्वेले पछिल्लोपटक सन् १९९८ मा विश्वकप खेलेको थियो ।

उक्त विश्वकपमा अन्तिम १६ सम्म पुगेको नर्वे त्यसपछि छनोट हुन सकेको थिएन ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ६ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको