४ माघ २०८२, शनिबार । January 18, 2026

बझाङबाट नेकपाको प्रतिनिधिसभा उम्मेदवारमा युवा नेता मीनबहादुर कुवर



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बझाङ जिल्लाबाट युवा नेता मीनबहादुर कुवर (विश्वास)लाई उम्मेदवार चयन गरेको छ।

कुवरका अनुसार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बझाङबाट निर्वाचन लड्न औपचारिक रूपमा टिकट प्रदान गरेका हुन्। उनले प्रचण्डबाट निर्वाचन सफलताको कामना र भावी राजनीतिक यात्राबारे स्पष्ट मार्गदर्शन समेत प्राप्त गरेको बताएका छन्।

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका कुवर स्थानीयस्तरमा सक्रिय रूपमा घुलमिल हुँदै आएका नेता हुन्। बझाङको विकास, समस्या र जनजीवनसँग निरन्तर जोडिएकाले चुनावी अभियान सञ्चालन गर्न सहज हुने उनको भनाइ छ।

यस निर्वाचन क्षेत्रमा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एकीकृत समाजवादीका नेता भानुभक्त जोसी निर्वाचित भएका थिए। यसपटक भने नेकपा एमालेका तर्फबाट ऐन महर पनि उम्मेदवार बनेका छन्।

बझाङको समग्र विकास र जनअपेक्षा सम्बोधनलाई प्राथमिकता दिने प्रतिबद्धतासहित कुवर चुनावी मैदानमा उत्रिएका छन्।

प्रकाशित मिति : ४ माघ २०८२, शनिबार  ९ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बझाङबाट नेकपाको प्रतिनिधिसभा उम्मेदवारमा युवा नेता मीनबहादुर कुवर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं