२२ बैशाख २०८३, मंगलबार । May 5, 2026

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित


५ मंसिर २०८२, बिहिबार  

15
Shares

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ ।

लुम्बिनीले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकाल्यो । चितवनको भने यो पहिलो हार हो । पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई हराएको थियो । चितवनले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो ।

लुम्बिनीका लागि गुल्बदीन नइबले २४ बलमा समान तीन चौका र छक्काको मद्दतले अविजित ४४ रनको योगदान गरे । यसैगरी कप्तान रोहितकुमार पौडेलले ३९, सन्दीप जोराले २८, डासी शर्टले ११ र दीलीप नाथले १० रन बनाए । चितवनका लागि रिजन ढकालले दुई र सोहेल तनवीरले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ४२ रनको योगफल तयार पारेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८२, बिहिबार  ७ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट