२ माघ २०८२, बिहिबार । January 15, 2026

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित



काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ ।

लुम्बिनीले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकाल्यो । चितवनको भने यो पहिलो हार हो । पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई हराएको थियो । चितवनले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो ।

लुम्बिनीका लागि गुल्बदीन नइबले २४ बलमा समान तीन चौका र छक्काको मद्दतले अविजित ४४ रनको योगदान गरे । यसैगरी कप्तान रोहितकुमार पौडेलले ३९, सन्दीप जोराले २८, डासी शर्टले ११ र दीलीप नाथले १० रन बनाए । चितवनका लागि रिजन ढकालले दुई र सोहेल तनवीरले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ४२ रनको योगफल तयार पारेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८२, बिहिबार  ७ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले