२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

एनपीएलः सुदूरपश्चिमको रफ्तारसामु टिकेन काठमाण्डु, २९ रनले पराजित


३ मंसिर २०८२, बुधबार  

21
Shares

काठमाडौं । एनपीएल सिजन २ अन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाण्डु गोर्खाजलाई २९ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं १६.४ ओभरमा ११८ रन बनाएर अल आउट भयो। टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा अलआउट हुँदा १४७ रनको योगफल बनाएको थियो। २० बल सामना गरेका हर्मित सिंहले सर्वाधिक ५३ रन जोडे। दुई चौका र ६ छक्का मद्दतमा उनले अर्धशतक बनाएका हुन्। यसैगरी, कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ तथा आरिफ शेखले २५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। काठमाडौंका कप्तान करण केसी एक्लैले चार विकेट लिँदा मिलिन्द कुमार, सन्नी पटेल र रासिद खानले समान २–२ विकेट लिए।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ७ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ