बुटवल । नेपालको लागि जिली इएक्स फाइभको आयातकर्ता एलआरआर मोटर्सले देशैभरी डिलर बिस्तार गर्ने रणनीतिक योजनाअन्तर्गत बुटवलको लागि सोमार्जुन मोटर्सलाई आधिकारिक डिलर नियुक्त गरेको छ ।
बुटवल र आसपासका क्षेत्रहरुका लागि जिली इएक्स फाइभका ईभीहरु स्थानीयस्तरमै उपलब्ध गराउने लक्ष्य सहित सोमार्जुन मोटर्सद्वारा नवनिर्मित शोरूमको औपचारिक उद्घाटन समेत गरिएको छ । एलआरआर मोटर्सले यो वर्षभित्र देशभरी जम्मा १४ वटा डिलर नियुक्त गर्ने हालैको घोषणाको पहिलो खुड्किलोको रुपमा बुटवलको डिलर शोरुमको उद्घाटनलाई लिइएको बताइएको छ ।
साथै आजकै उद्घाटन कार्यक्रमको अवसरमा सोमार्जुन मोटर्सले दुईवटा जिली इएक्स फाइभ म्याक्सको बिक्री हस्तान्तरण गरेको छ । पहिलो दिनमै दुईवटा इएक्स फाइभको बिक्रीले यस क्षेत्रमा जिली ब्राण्डको लोकप्रियता र ग्राहकहरुको रुचिलाई दर्शाएको कम्पनीले जनाएको छ ।
उद्घाटन समारोहसँगै नयाँ डिलर शोरूमले पूर्ण रूपमा सञ्चालनको थालनी गर्दै बुटवल तथा आसपासका क्षेत्रका ग्राहकहरूको लागि जिलीका विश्वप्रसिद्ध इएक्स फाइभ म्याक्स र प्रो मोडेलहरूको बिक्री, बिक्री पछिको सेवा तथा स्पेयर पार्टसको सहज उपलब्धता गराउनेछ ।







प्रतिक्रिया