१ कार्तिक २०८३, आइतबार । October 18, 2026

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य


९ कार्तिक २०८२, आइतबार  

12
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको अमेरिकाले पूरा ५० ओभर खेलेर ६ विकेटको क्षतिमा २६२ रन बनाएको हो । अमेरिकाका लागि स्मित पटेलले ७५ रन जोडे । उनलाई करण केसी र सोमपाल कामीले मिलेर रनआउट गरेका थिए । पटेल र साइतेजा मुक्कामल्लाले ९५ रनको पार्टनरसिप गरे ।

मुक्कामल्लाले ४२ रन बनाए । मिलिन्द कुमारले अर्धशतकीय पारी खेले । उनले ५० बलमा ६ चौका र २ छक्को सहयोगमा ७० रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  २ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि