काठमाडौं । ओमानमा जारी टी–२० विश्वकप २०२६ एशिया तथा पूर्वी एशिया–प्यासिफिक छनोटको ‘सूपर सिक्स’ चरणमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै समोआलाई २१२ रनको लक्ष्य दिएको छ।
टस जितेर बलिङ रोजेको समोआविरुद्ध नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २११ रनको बलियो योगफल तयार पार्यो। नेपालका ओपनर आशिफ शेखले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ६९ रन योगदान दिए भने दीपेन्द्रसिंह ऐरीले ५३ रनको प्रभावशाली पारी खेले। सूपर सिक्सको अंकतालिकामा नेपाल शीर्ष स्थानमा कायम छ भने समोआ पुछारमा रहेको छ।
नेपालको विश्वकप सहभागिता यसअघि नै सुनिश्चित भइसकेको छ ।







प्रतिक्रिया