काठमाडौं । सन् २०२६ को टी–२० विश्वकप क्रिकेटका लागि एशिया तथा पूर्वी एशिया–प्यासिफिक छनोट प्रतियोगिता अन्तर्गत ‘सुपर सिक्स’ चरणमा नेपालले शानदार प्रदर्शन गर्दै ओमानलाई ३८ रनले पराजित गरेको छ।
ओमानमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ रोज्दै पहिलो पारीमा २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रनको योगफल बनाएको थियो। नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमान भने निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११३ रनमा सीमित रह्यो। नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट ६९ रनको योगदान दिँदै जितको आधार तयार पारे।
बलिङतर्फ सबै खेलाडीले सन्तुलित प्रदर्शन गरे। यस जितसँगै नेपालले न केवल अङ्कतालिकामा अग्रता कायम राखेको छ, लगातार दोस्रो पटक टी–२० विश्वकपमा स्थान सुनिश्चित गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
अब नेपालले ‘सुपर सिक्स’ अन्तर्गत आफ्नो अन्तिम खेल शुक्रवार सामोआविरुद्ध खेल्नेछ।







प्रतिक्रिया