३० बैशाख २०८३, बुधबार । May 13, 2026

ओमानमाथि नेपालको प्रभावशाली जित, लगातार दोस्रो टी–२० विश्वकप यात्रा सुनिश्चित


३० आश्विन २०८२, बिहिबार  

9
Shares

काठमाडौं । सन् २०२६ को टी–२० विश्वकप क्रिकेटका लागि एशिया तथा पूर्वी एशिया–प्यासिफिक छनोट प्रतियोगिता अन्तर्गत ‘सुपर सिक्स’ चरणमा नेपालले शानदार प्रदर्शन गर्दै ओमानलाई ३८ रनले पराजित गरेको छ।

ओमानमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ रोज्दै पहिलो पारीमा २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रनको योगफल बनाएको थियो। नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमान भने निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११३ रनमा सीमित रह्यो। नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट ६९ रनको योगदान दिँदै जितको आधार तयार पारे।

बलिङतर्फ सबै खेलाडीले सन्तुलित प्रदर्शन गरे। यस जितसँगै नेपालले न केवल अङ्कतालिकामा अग्रता कायम राखेको छ, लगातार दोस्रो पटक टी–२० विश्वकपमा स्थान सुनिश्चित गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

अब नेपालले ‘सुपर सिक्स’ अन्तर्गत आफ्नो अन्तिम खेल शुक्रवार सामोआविरुद्ध खेल्नेछ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  १२ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली