२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

विश्वकप छनोटः नेपालले कतारलाई दियो १ सय ४८ रनको लक्ष्य



काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकपको एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट अन्तर्गतको सुपर सिक्स चरणमा नेपालले कतारलाई १४८ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रनको योगफल तयार पार्‍यो। नेपालका कप्तान रोहित पौडेल उत्कृष्ट फर्ममा देखिए र ५८ रनको सानदार पारी खेले। उनलाई समर्थन गर्दै उपकप्तान दिपेन्द्र सिंह ऐरीले २६ रन, र अन्त्यतिर गुलशन झाले ८ बलमा १६ रनको तिखो योगदान दिए।

अन्य ब्याटरमध्ये कुशल भुर्तेल ६, आसिफ सेख ११, कुशल मल्ल ८, मोहमद आदील २, सन्दीप जोरा १, सोमपाल कामि १४, र नन्दन यादव १ रनमा सीमित रहे।

बलिङतर्फ कतारका मिर्जा बैग र डेनियल अर्चर उत्कृष्ट प्रदर्शन गर्दै दुवैले ३–३ विकेट झारे।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १० : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको