१ आश्विन २०८३, बिहिबार । September 17, 2026

विश्वकप छनोटः नेपालले कतारलाई दियो १ सय ४८ रनको लक्ष्य


२७ आश्विन २०८२, सोमबार  

15
Shares

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकपको एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट अन्तर्गतको सुपर सिक्स चरणमा नेपालले कतारलाई १४८ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रनको योगफल तयार पार्‍यो। नेपालका कप्तान रोहित पौडेल उत्कृष्ट फर्ममा देखिए र ५८ रनको सानदार पारी खेले। उनलाई समर्थन गर्दै उपकप्तान दिपेन्द्र सिंह ऐरीले २६ रन, र अन्त्यतिर गुलशन झाले ८ बलमा १६ रनको तिखो योगदान दिए।

अन्य ब्याटरमध्ये कुशल भुर्तेल ६, आसिफ सेख ११, कुशल मल्ल ८, मोहमद आदील २, सन्दीप जोरा १, सोमपाल कामि १४, र नन्दन यादव १ रनमा सीमित रहे।

बलिङतर्फ कतारका मिर्जा बैग र डेनियल अर्चर उत्कृष्ट प्रदर्शन गर्दै दुवैले ३–३ विकेट झारे।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १० : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ