२२ पुस २०८२, मंगलबार । January 7, 2026

विश्वकप छनोटः जापान विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल



काठमाडौं । ओमानको अल अमरेत क्रिकेट मैदानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक छनोट अन्तर्गत नेपालले जापानविरुद्धको खेलमा टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। कप्तान रोहित पौडेलले टस जितेपछि जापनलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

नेपाल र जापान दुवै टिमले यसअघि नै कुवेतलाई पराजित गर्दै सुपर सिक्स चरणमा प्रवेश गरिसकेका छन्। नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो भने जापानले कुवेतमाथि ५ विकेटको जित निकालेको थियो।

सुपर सिक्सको टिकट पक्का भइसकेको भए पनि आजको भिडन्तलाई अघोषित सुपर सिक्स खेलको रूपमा लिइएको छ। आजको खेलमा जित्ने टोलीले सुपर सिक्स चरणमा २ अंकसहित अग्रता लिनेछ, जसले आगामी चरणमा ठूलो फाइदा पुर्‍याउनेछ।

नेपालले बलिङबाट राम्रो सुरुवात गर्दै जापानलाई कम स्कोरमा रोक्ने र बलिङ–ब्याटिङ दुबै विभागमा सन्तुलित प्रदर्शन गर्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ४ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले