६ श्रावण २०८३, बुधबार । July 22, 2026

विश्वकप छनोटः जापान विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल


२४ आश्विन २०८२, शुक्रबार  

9
Shares

काठमाडौं । ओमानको अल अमरेत क्रिकेट मैदानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक छनोट अन्तर्गत नेपालले जापानविरुद्धको खेलमा टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। कप्तान रोहित पौडेलले टस जितेपछि जापनलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

नेपाल र जापान दुवै टिमले यसअघि नै कुवेतलाई पराजित गर्दै सुपर सिक्स चरणमा प्रवेश गरिसकेका छन्। नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो भने जापानले कुवेतमाथि ५ विकेटको जित निकालेको थियो।

सुपर सिक्सको टिकट पक्का भइसकेको भए पनि आजको भिडन्तलाई अघोषित सुपर सिक्स खेलको रूपमा लिइएको छ। आजको खेलमा जित्ने टोलीले सुपर सिक्स चरणमा २ अंकसहित अग्रता लिनेछ, जसले आगामी चरणमा ठूलो फाइदा पुर्‍याउनेछ।

नेपालले बलिङबाट राम्रो सुरुवात गर्दै जापानलाई कम स्कोरमा रोक्ने र बलिङ–ब्याटिङ दुबै विभागमा सन्तुलित प्रदर्शन गर्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ४ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर