७ चैत्र २०८२, शनिबार । March 21, 2026

विश्वकप छनोटः नेपालको सुखद सुरुवात, कुवेत ५८ रनले पराजित


२२ आश्विन २०८२, बुधबार  

6
Shares

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकपको एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रीय छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ।

पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै प्रतियोगितामा आत्मविश्वासपूर्ण शुरुवात गरेको हो। पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रनको चुनौतीपूर्ण योगफल तयार गरेको थियो। नेपालका ओपनर कुशल भुर्तेलले दमदार ब्याटिङ गर्दै ६६ रनको योगदान दिए, जुन उनको टी–२० करियरको १२औं अर्धशतक हो।

त्यसैगरी दीपेन्द्र सिंह ऐरीले २०, कप्तान रोहित पौडेलले १६, र अन्त्यतिर गुलशन झाले ५ बलमा तिव्र २० रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए। जवाफमा कुवेतले नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याउने क्रममा १८.१ ओभरमै ८३ रनमा अलआउट भयो। कुवेतका क्लिन्टो एन्टोले २६, यासिन पटेलले १९ र मीत भाभ्सरले ११ रन बनाए पनि बाँकी खेलाडी नेपाली बलिङको सामु टिक्न सकेनन्।

नेपालका बलरहरू रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजबंशीले २–२ विकेट हात पारे भने सोमपाल कामी, कुशल भुर्तेल र नन्दन यादवले एक–एक विकेट लिए। बलिङतर्फ कुवेतका नवीनराज राजेन्द्रन र अनुदीप चेन्थामाराले २–२ विकेट लिए भने मोहम्मद अस्लाम र मोहम्मद आकिफ फारुकले एक–एक विकेट झारे।

यो जितसँगै नेपालले समूह ‘बी’ मा महत्वपूर्ण २ अंक जोडेको छ। अब नेपालले शुक्रबार जापानसँग दोस्रो खेल खेल्ने तालिका रहेको छ, जसमा टोलीले निरन्तरता कायम गर्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ११ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो