४ कार्तिक २०८३, बुधबार । October 21, 2026

विश्वकप छनोटः नेपालको सुखद सुरुवात, कुवेत ५८ रनले पराजित


२२ आश्विन २०८२, बुधबार  

6
Shares

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकपको एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रीय छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ।

पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै प्रतियोगितामा आत्मविश्वासपूर्ण शुरुवात गरेको हो। पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रनको चुनौतीपूर्ण योगफल तयार गरेको थियो। नेपालका ओपनर कुशल भुर्तेलले दमदार ब्याटिङ गर्दै ६६ रनको योगदान दिए, जुन उनको टी–२० करियरको १२औं अर्धशतक हो।

त्यसैगरी दीपेन्द्र सिंह ऐरीले २०, कप्तान रोहित पौडेलले १६, र अन्त्यतिर गुलशन झाले ५ बलमा तिव्र २० रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए। जवाफमा कुवेतले नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याउने क्रममा १८.१ ओभरमै ८३ रनमा अलआउट भयो। कुवेतका क्लिन्टो एन्टोले २६, यासिन पटेलले १९ र मीत भाभ्सरले ११ रन बनाए पनि बाँकी खेलाडी नेपाली बलिङको सामु टिक्न सकेनन्।

नेपालका बलरहरू रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजबंशीले २–२ विकेट हात पारे भने सोमपाल कामी, कुशल भुर्तेल र नन्दन यादवले एक–एक विकेट लिए। बलिङतर्फ कुवेतका नवीनराज राजेन्द्रन र अनुदीप चेन्थामाराले २–२ विकेट लिए भने मोहम्मद अस्लाम र मोहम्मद आकिफ फारुकले एक–एक विकेट झारे।

यो जितसँगै नेपालले समूह ‘बी’ मा महत्वपूर्ण २ अंक जोडेको छ। अब नेपालले शुक्रबार जापानसँग दोस्रो खेल खेल्ने तालिका रहेको छ, जसमा टोलीले निरन्तरता कायम गर्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ११ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि