२३ पुस २०८२, बुधबार । January 7, 2026

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, कति पुग्यो तोलामा ?



काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार बढेर २ लाख ३५ हजार ४ सय रुपैयाँमा पुगेको हो ।

यद्यपि, चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार एक तोला चाँदी २ हजार ९६० रुपैयाँमै कारोबार भएको थियो । गत आइतबार सुनको मूल्य २ लाख ३० हजार ६ सय रुपैयाँमा झरेको थियो भने चाँदी त्यही दिन प्रतितोला २ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच, अन्तरराष्ट्रिय बजारमा मंगलबार एक औँस (ounce) सुनको मूल्य ३ हजार ९६५ अमेरिकी डलरसम्म पुगेको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।

विशेषज्ञहरूका अनुसार हालको मूल्यवृद्धिमा विश्वव्यापी आर्थिक अनिश्चितता र अमेरिकी डलरको भाउमा आएको उतारचढावले पनि प्रभाव पारेको हो ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  १२ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले